स्ववियूको माग गर्दै नेविसंघ आमरण अनशनमा

nepal student uniyanकाठमाडौं, २१ चैत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग राख्दै बाह्र दिन देखि रिले अनसन गर्दै आएको नेपाल विद्यार्थी संघले भोली देखि आमरण अनसन सुरु गर्ने भएको छ ।
कीतिर्पुरस्थित उपकुलपतिको कार्यालय अगाडि नेविसंघले भोली देखि आमरण अनसन सुरु गर्ने भएको हो । तत्काल स्ववियू निर्वाचनको मिति घोषणा गरिनुपर्ने, विद्यार्थीका मौलिक हक लागू गरिनुपर्ने र त्रिवि शैक्षिक क्यालेण्डर लागू हुनुपर्ने नेविसंघको माग छ । १२ दिनसम्म जारी २४ घण्टे रिले अनसन बस्दा समेत त्रिविले मागको सुनुवाई नगरेकोले बाध्य भएर आमरण अनसन बस्नु परेको नेविसंघका पुर्व केन्द्रीय उपाध्यक्ष नैनसिंह महरले बताए । उनले मागको सुनुवाई नभएसम्म आन्दोलन जारी राख्ने दावी गरे । विभिन्न बहानामा त्रिवि स्ववियू निर्वाचन नगराउने षड्यन्त्रमा लागेको नेविसंघको आरोप छ ।

प्रतिक्रिया