एसीसी ट्वान्टी २० कपमा नेपाल उपविजेता

काठमाडौं, २१ चैत । एसीसी ट्वान्टी २० कपको फाईनल खेलमा नेपाललाई पराजित गर्दै अफगानिस्तानले उपाधि कब्जा गरेको छ । लगातार ४ पटकको विजेता अफगानिस्तानले आज त्रिवि मैदान किर्तिपुरमा सम्पन्न फाईनल खेलमा नेपाललाई ७ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले पुरा २० ओभर खेल्दै १३५ रन जोडेको थियो । जितका लागि १३६ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले तीन विकेटको क्षतिमा खेल आफ्नो पक्षमा पारेको थियो । अफगानिस्तानसंगको हारपछि नेपालले उपविजेतामा चित्त बुझाउनुपरेको थियो । नेपाली टीमका कप्तान पारस खड्का म्याच अफ दी सिरिज घोषित भएका थिए ।

प्रतिक्रिया