सल्यानकी सुमित्रा काठमाडौंमा लुटिइन

काठमाडौं, २१ चैत । काठमाडौंमा एक जना महिलासँग रहेको नगद र गरगहन लुटपाट भएको छ ।
सल्यान जिल्ला खलंगा–८ घर भएकी २६ बर्षीया सुमित्रा भण्डारीसँग रहेको नगद २५ हजार रुपियाँ, १ तोला सुनको सिक्री र मोवाइल १ थान लुटपाट भएको प्रहरीले जनाएको छ ।
सल्यानबाट आज विहान रात्रि बस मार्फत काठमाडौँ आएकी भण्डारी अज्ञात समूहको लुटपाटमा परेकी हुन् ।

प्रतिक्रिया