युवा रोजाइका सहर

city-picसंसारका सैयौं सहरहरूमध्ये केही मात्र त्यस्ता छन्, जहाँ गुणस्तरीय जीवनशैलीको उच्चतम प्रयोग छ । ज्ञानको प्रभाव, राजनीतिक शक्ति अनि आर्थिक केन्द्रका रूपमा विश्वमा सीमित सहरहरूले आधिपत्य जमाएका छन् ।
गुणस्तरीय जीवनशैलीका हिसाबले लन्डन विश्वको उत्कृष्ट सहर पर्छ । यसलाई विश्वको उत्कृष्ट आर्थिक केन्द्र भएको सहर मानिन्छ । बौद्धिक जमघटको हिसाबले पनि लन्डन नै अगाडि आउँछ । तर, राजनीतिक शक्ति केन्द्रको सहरका रूपमा भने वासिंटन डिसीलाई लिइन्छ । सिंगापुरलाई गुणस्तरीय जीवनशैलीको उच्चतम सहरहरूमध्ये दोस्रो उत्कृष्टमा लिइन्छ । आर्थिक केन्द र बौद्धिक जमघटको रूपले दोस्रोमा न्युर्योक आउँछ भने लन्डन नै दोस्रो राजनीतिक शक्तिकेन्द्रको सहरमा पर्छ । यस्तै हङकङलाई आर्थिक केन्द्रको उत्कृष्ट सहरमध्ये तेस्रो सहरको रूपमा लिइन्छ । आर्थिक शक्ति केन्द्रका सहरहरूमा हङकङ पछि क्रमश: सांघाइ, सिंगापुर, बेइजिङ, दुबई, पेरिस अनि टोकियो पर्छन् । यता गुणस्तरीय जीवनशैलीको हिसाबले सिंगापुरपछि क्रमश: न्युयोर्क, जेनेभा, सिड्नी, हङकङ अनि पेरिस पर्छन् । राजनीतिक शक्तिकेन्द्रका सहरहरूमा लन्डनपछि क्रमश: न्युयोर्क, बेइजिङ, पेरिस अनि बर्लिन पर्छन् ।
विश्वका युवाका रोजाइलाई अहिले आर्थिक केन्द्र, गुणस्तरीय जीवनशैली, बौद्धिक जमघट आदिजस्ता विषयले प्रभाव पारेको विभिन्न अध्ययनले देखाउँछन् । त्यही दृष्टिबाट प्रभावित सहर नै युवाको रोजाइ बन्न सकेको देखिन्छ । (एजेन्सी)

प्रतिक्रिया