कैदी बन्दी माथि सांघातिक आक्रमण

राजविराज, २० चैत । सप्तरीको राजविराजस्थित कारागारमा सांघातिक आक्रमण हुँदा सात कैदी बन्दी Saptari-Karagarघाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था चिन्ताजनक छ ।
घाईते हुनेमा हेटौंडाका राजेन्द्र लामा, गाईघाटका विनोद भट्टराई, मोरङ उर्लाबारीका राजेश्वर लिम्बु, राजविराजका टिकु सिंह, झापाका ज्ञानु राई, इलामका टिलेन शेर्पा र विकेश चौधरी छन् । लिम्बु, शेर्पा, चौधरी र सिंहको अवस्था गम्भीर छ ।
विहानको खाना खाने समयमा पछाडिवाट आएका कृष्णदेव मेहतासहितको समूहले आफूहरुलाई आक्रमण गरेको घाईतेहरुले वताएका छन् ।
आक्रमण गर्ने कैदी बन्दीहरुमा कृष्णदेव मेहता, धिरु यादव, सुनिल यादव, भोला यादव, जितेन्द्र यादव, रामकृष्ण चौधरी, उमेश यादव, चन्दु मुखिया, जागेश्वर खेरवार, आशाराम मण्डललगायत रहेको घाईते टिकु सिंहले वताए । घाईतेले आफूले सो समूहलाई चन्दा नदिए पछि आक्रमण भएको जनाएको छ ।
कारागार भित्र व्याप्त गलत क्रियाकलापको विरोध गरेका कारण आक्रम भएको घाईतेहरुले वताए ।

प्रतिक्रिया