आगलागीमा परेर सप्तरीमा ६३ घर नष्ट

Morang-Aagoराजविराज, २० चैत । सप्तरी जिल्लाका विभिन्न स्थानमा भएको आगलागीमा परेर ६३ घर जलेर नष्ट भएका छन् ।
आगलागीमा ५० परिवारका घर जलेका हुन् । आगलागीबाट करिव ६० लाख बराबरको धनमाल नष्ट भएको छ । आगलागीमा परेर एक महिला जलेर गम्भीर घाईते भएकी छन् ।
सोमबार राति करिव ९ वजे वकधुवा–३ स्थित विजुली सदाको घरमा खाना बनाउन बालेको आगो अनिन्यन्त्रित भई सल्किएको थियो । आगोले ५५ घर नष्ट भएको प्रहरीले जनाएको छ ।
दिनेश सदा, लखन सदा, कुमार सदा, उमेश सदा, आशादेवी सदा, सूर्यनारायण सदा, प्रयाग सदा, राजेश सदा, अरुण सदा, सेवकीदेवी सदा, विद्यानन्द सदा, विलोचन सदा, प्रमोद सदा, उमेश सदा, दुर्गानन्द सदा, देवप्रसाद सदा, कुसुमलाल सदालगायत ४५ परिवारको घर जलेको छ ।
आगलागीमा परेर घरमा रहेका अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण सामाग्री पनि जलेका छन् । आगलागीमा परेर केही चौपाया समेत मरेका छन् ।
पीडित परिवारलाई जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह वस्नेतले प्रतिपरिवार ५ सयका दरले नगद सहयोग गरेका छन् ।
उता, सिंम्रहा सिगियौन–१ का मखन मण्डलको घरमा पनि आगलागी भएको छ । डिमन–३ मा खाना वनाउने क्रममा साडीबाट सल्केको आगोले सन्जुकादेवी देव गम्भीर घाईते भएकी छन् ।
मधवापुर–५ मा पनि आगलागी भएको छ । आगलागीबाट ४ परिवारका ७ वटा घर जलेर नष्ट भएका छन् । (फाईल तस्विर)

प्रतिक्रिया