‘निर्णय लिन नेपाली सक्षम’

काठमाडौं : नेपाल भ्रमणमा रहेका अमेरिकाका पूर्वराष्ट्रपति एवं द कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरले नेपालको निर्णय लिन नेपाली नै सक्षम रहेको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरी उनले नेपालबारे नेपालीले लिने निर्णय नै आधिकारिक हुने बताए ।
नेपालका दललाई आफूले मंसिरमा संविधानसभाको चुनाव गर्न सुझाव दिए पनि नेपालीले चाहेकै समयमा चुनाव गर्दा उपयुक्त हुने कार्टरले बताए । चुनावमा अवरोध गर्ने घोषणा नै गरेको नेकपा–माओवादीको क्रियाकलाप जायज नभएको कार्टरले बताए । पछिल्ला दिनमा नेपालमा महिला हिंसा बढेकामा कार्टरले चिन्ता व्यक्त गरे । १६ चैतमा नेपाल आएका कार्टरले राष्ट्रपति डा. रामवरण यादव, अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रमुख दलका नेताहरूसित छलफल गरेका थिए । चारदिने नेपाल भ्रमण सकेर उनी सोमबार म्यानमारतर्फ लागेका छन् ।
आफूले सञ्चालन गर्दै आएको कार्टर सेन्टर आगामी संविधानसभा चुनावको पर्यवेक्षण गर्न इच्छुक रहेको उनले नेपाली अधिकारी र नेताहरूसितको भेटमा जनाएका थिए । (सौस)

प्रतिक्रिया