बर्दीया, १९ चैत । बर्दिया जिल्लामा ९ बर्षीया बालिका सविना चौधरी (नाम परिवर्तन) लाई जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मानपुर टपरा–७ बस्ने १९ बर्षीय ईन्द्रबहादुर थारु रहेका छन् । ईन्द्रबहादुरले चैत–१४ गते सविनालाई जवरजस्ती करणी गरेका थिए । डरधम्कीका कारण सविनाले घटना सार्वजनिक नगरेको प्रहरी भनाई छ ।
करणी पछि हिंडडुल गर्न नसकेपछि पीडित सविनाकी आमाले सोधपुछ गर्दा सो घटना सार्वजनिक भएको हो । आमाले प्रहरी समक्ष उजुरी दिए पछि प्रहरीले ईन्द्रबहादुरलाई पक्राउ गरेको छ ।
सविनाको योनीबाट अत्याधिक रक्तश्राव भए पछि थप उपचार गर्न भेरी अञ्चल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया