एमाओवादीका पूर्व सभासदको घरमा विष्फोट

mao fकपिलवस्तु, १९ चैत । रुपन्देहीमा एमाओवादीका पूर्व सभासद रामलौटन तिवारीको घरमा विष्फोट भएको छ । विष्फोटमा परेर एक महिला घाईते भएकी छन् ।
पकडी गाविस–६, सिम्रौटी निवासी पूर्व सभासद तिवारीको घरमा आइतबार बिष्फोटक पदार्थ बिष्फोन भएको प्रहरीले जनाएको छ । विष्फोटबाट करिव ५ लाख बराबरको क्षति भएको छ ।
विष्फोटबाट पूर्व सभासदको घरमा क्षति पुगेको छ । घरको पर्खालमा च्यापिएको अवस्थामा फालामको पाईप २ थान, पाईपमा लाग्ने सकेट १ थान, पाईपका टुक्रा एवं बारुद्ध फेला पारेको प्रहरीले जनाएको छ । सो बम द्वन्द्वकालमा राखिएको हुन सक्ने प्रहरी आशंका छ ।
बिष्फोटनबाट तिवारीकी बुहारी २१ बर्षीया छायाँ तिवारीको तिघ्रामा सामान्य चोट लागेको छ ।

प्रतिक्रिया