हतियार सहित आत्म समर्पण

prasaपर्सा, १९ चैत । जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी (भगत सिंह) समूहका संयोजक मनोज मण्डलसहितको टोलीले पर्सा जिल्लामा आत्मसमर्पण गरेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा आइपुगेको सो टोलीले हतियारसहित आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले नलकटुवा पेस्तोल ४ थान, अटोमेटिक पेस्तोल १ थान, गोली ५ थान, टाईमर घडी २ थान र बारुद्ध ५ किलो स्थानीय प्रशासनलाई बुझाएका छन् ।

प्रतिक्रिया