जिविस कार्यालयमा बम बिष्फोट

bombधनुषा, १९ चैत । जिल्ला विकास समितिको कार्यालय धनुषामा बम विष्फोट भएको छ ।

जिविस कार्यालयको गेट अगाडि झोलाभित्र राखिएको बम आज दिउँसो बिष्फोट हुँदा ठूलो क्षति नभएपनि कर्मचारी र सेवाग्राहीहरु भने भागाभाग भएको थियो । नेपाली सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय नजिकै रहेको जिविस भित्रै बम बिष्फोट भएपछि स्थानीयहरुमा समेत त्रासदी उत्पन्न भएको छ । कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीलाई बाहिर निकालेर त्यस स्थानमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बम कसले बिष्फाटन गराएको भन्नेबारे एकीन थाहा नभएपनि तराईमा सक्रिय  सशस्त्र समुहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया