कर्मचारी आन्दोलन फिर्ता

काठमाडौं, १८ चैत । विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रिएका निजामती कर्मचारीले आज आफ्ना संघर्षका कार्यक्रम फिर्ता लिएका छन् ।
अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले कर्मचारीका माग पुरा गर्ने प्रतिवद्धता जनाए पछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिए ।
अध्यक्ष रेग्मीले विभिन्न कर्मचारी संगठनका अध्यक्षहरुलाई बोलाएर माग पुरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।
माग पुरा गराउन दवाव दिने उदेश्यले विभिन्न कर्मचारी संगठनहरुले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

प्रतिक्रिया