कुटपिटबाट गर्भमा रहेको बच्चाको मृत्यु

महोत्तरी, १८ चैत । आन्तरिक विवाद पछि महोत्तरी जिल्लामा छिमेकीको कुटाईबाट गर्भवती महिलाको गर्भ तुहिएको छ ।
पिपरा–३ बस्ने ४० बर्षीया सेलदेवी पासवानले सामान्य विवादमा स्थानीय बस्ने ३० बर्षीया जिप्छी पासवानलाई आज विहान कुटपिट गरेका थिए । कुटपिट पछि जिप्छीको ८ महिनाको गर्भमा रहेको बच्चा खस्न गएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा सेलदेवीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया