मानिस आफ्नो देवता आफैँ हो

शक्ति कतै बाहिर बसेर हाम्रो प्रतीक्षा गरिरहेको छैन । त्यो हामीभित्रै छ । यो ब्रह्माण्डमा कायापलट गर्न सक्ने, चमत्कार गर्न सक्ने शक्ति छ, हाम्रो दिमागमा । शक्ति र सामथ्र्यको खोज बाहिर गर्नु नै बेकार छ । हाम्रो अवचेतनमा असीमित शक्ति सुतेको छ । यदि हामीले त्यो कुम्भकर्णलाई जगायौँ भने सबै असम्भव सम्भवमा परिणत हुन्छ ।
सम्राट बन्ने या भिखारी, त्यो मानिसको छनोटमा भरपर्छ । व्यक्तिले आफूलाई जस्तो बनाउन चाह्यो, त्यस्तै बन्न सक्छ । हरेक मानिस आफ्नो निर्माता आपैँm हो । हरेक मानिस आफ्नो भगवान् आपैँm हो । हामीलाई न अर्कोले बनाउन सक्छन् न बिगार्न नै ।
दोस्रोमा निर्भर हुन छोडौँ । हामीलाई कसैले बोकेर सगरमाथाको चुचुरोमा राख्न सक्दैन । यदि कोही सगरमाथाको चुचुरो टेक्न चाहन्छ भने उसले आपैँm हिँड्नुपर्छ । उसले आपैँm चढ्नुपर्छ । उसले आपैँm उकालो उक्लिनुपर्छ । यदि कुनै मानिस पौडी खेल्न चाहन्छ भने उसले आपैँm पानीमा पस्नुपर्छ र हातखुट्टा चलाउनुपर्छ । अरूले हामीलाई नदीसम्म लिएर त जान सक्छन् तर पौडी हामी आपैँmले खेल्नुपर्छ ।
यदि तपाईंसँग सफलताका लागि दृढ संकल्प छ भने संसारमा कसैले तपाईंलाई रोकेर राख्न सक्दैन । पानीले आफ्नो सतह आपैँm बनाएझैँ हामीले आफ्नो भाग्य आपैँmं निर्माण गर्नुपर्छ । मानिस आफ्नो निर्माता आपैँm हो । मानिस आफ्नो भगवान् आपैँm हो । यदि कसैले तपाईंलाई महान् बनाउँछु भन्छ भने त्यो मिथ्या हो ।
धेरैपटक भनियो मानिससँग असीमित शक्ति छ । धेरैपटक के पनि भनियो भने हरेक मानिस अपूर्व छ । तर, समस्या एउटै छ, हरेक मानिसलाई के विश्वास छैन भने उससँग असीमित शक्ति छ । मानिसलाई जब ज्ञात हुन्छ ‘म कायर होइन, म त विश्व हल्लाउने अजेय शक्ति भएको मानिस हुँ’ भनेर तब छक्क पर्नेछ ऊ, आफ्नो शक्ति देखेर । अनि गर्जना गर्नेछ उसले ।
एउटा कथाले यस कुरामा निखार ल्याउँछ ।
एकपटक सिंहको बच्चा भेडाका पाठासँग मिसियो । कसरी मिसियो ? छोडौँ, तर मिसियो । ऊ भेडाको पाठासँगै भेडीको दूध खाएर हुर्किन थाल्यो । भेडाका पाठाहरूसँगै बढ्दै गयो । हुर्कियो ।
ऊ सिंहको बच्चा थियो । सिंह थियो । तर, भेडासँगै बस्दाबस्दै उसले आफू सिंह हुँ भन्ने कुरा भुसुकै बिर्सिसकेको थियो । भेडाहरूसँगैको रहनसहन, दिन प्रतिदिनको उठ–बस र व्यवहारले उसले आफूलाई पनि भेडो नै ठानेको थियो । ऊ दूध खान्थ्यो र भेडाहरूसँगै चर्न जान्थ्यो ।
यसैगरी सिंह ठूलो भयो । विशाल शरीरको मालिक सिंह ।
जब भेडाहरू टाढा कतै स्याल देख्थे तब सबै कुलेलम ठोक्थे । त्यो विशालकाय सिंह पनि स्याललाई देखेर ती भेडाहरूसँगै पत्तातोड भाग्थ्यो, किनकि उसले आफूलाई ती भेडाभन्दा अलग ठानेको थिएन । ऊ भेडो मानसिकतामा उभिएको थियो । संगतको परिणाम । उसलाई आफूसँग बेग्लै असीमित शक्ति र सामथ्र्य छ भन्ने कुराको बोध थिएन ।
एक दिन । केही स्यालहरूसँग त्यस सिंहको जम्काभेट भयो । भेडाहरूसँगै सिंह भएकाले उनीहरूलाई भेडामाथि आक्रमण गर्न हिम्मत आएको थिएन, किनकि त्यहाँ सिंह थियो । ठुल्ठूला जगर ठडिएको सिंहसँग चरिरहेका भेडा देखेर चकित थिए, †
‘तिमी यी भेडाहरूसँगै के गरिरहेका छौ ?’ एउटा स्याल बडो हिम्मत जुटाएर सिंहको छेउमा गयो । र, हिम्मत गरेर भन्यो, ‘तिमी त जंगलको राजा हौ । सिंह ।’
सबै भेडाहरू डराएका थिए । भेडाहरूसँगै सिंह पनि डराएको थियो । तर, ऊ भागेको थिएन किनकि भेडा भागिसकेका थिएनन् ।
‘तिमीसँग असीमित शक्ति छ,’ अर्को स्यालले थप्यो ।
‘बकबास नगर् । फसाउन खोज्छस्,’ आफू जंगलको राजा हुँ भन्ने कुरामा रत्तिभर पनि विश्वास गरेन सिंहले । कसरी गरोस् । उसलाई यो सब स्यालले आफूलाई सिध्याउन चलेको चाल भन्ने ठान्यो ।
एउटा भेडो कुद्यो । सबै भेडाहरू कुदे । सिंहको सातो गयो । यसो मौका मिल्नासाथ सिंह पनि पुच्छर लुकाएर पत्तातोड भाग्यो । भेडाहरू दौडेतिरै ।
स्यालहरू छक्क परे ।
‘कस्तो मूर्ख सिंह रहेछ † यत्रो शक्तिशाली भएर स्याल देखेर भाग्छ ।’ स्यालहरू एकअर्कासँग खासखास–खुसखुस पनि गर्दै थिए ।
‘राज्य गर्न आएको थियो तर भेडाहरूको संगतमा परेर एउटा स्याल देख्दा टाङमुनि पुच्छर लुकाएर भाग्छ । कायर साला †’ अर्कोले थप्यो । स्यालहरू एकअर्कासँग त्यस सिंहको कुरा काट्दै हिँडे । दिनहरू बित्दै गए । सिंह भेडाहरूसँगै रमाइरहेकै थियो ।
एक दिन एउटा सिंहले भेडाहरूको हुलमा मिसिएर चरिरहेको सिंहलाई देख्यो । घाँस खाइरहेको सिंह छक्क पर्‍यो । पहिला त उसलाई यो दृश्यमा विश्वासै लागेन । सिंह भेडाहरूको हुलनजिकै गयो ।
उसले देखेको ठीक थियो, भेडाका पाठाहरू बुरुक्क उफ्रँदै उसको ढाडमा चढिरहेका थिए । ऊ छक्क पर्‍यो, जब एउटा मै हुँ भन्ने ठूलो भेडाले सिङ देखाएर उसलाई ध्वास दियो । र, त्यो कायर सिंह उसको हान्ने मुद्रा र सिङ देखेर तर्सायो । जंगलको सिंह हुनसम्म चकित भयो ।
‘यो त सारा सिंह जातिको अपमानको कुरा हो । यस कायरलाई ठीक पार्नैपर्छ,’ सोच्यो राजा सिंहले । अलिक नजिक गएपछि राजा सिंहले चिन्यो । यो त आफ्नै छोरो हो । धेरै पहिला हराएको छोरो । चिनोस् भनेर राजा सिंह जंगल थर्किने आवाज निकालेर गर्जियो ।
सिंहको गर्जन सुनेर भेडाहरू पत्तातोड भागे । तर, यो कायर सिंह भने भागेन । उसको आत्मामा यो आवाज ठोकियो । किनकिन उसलाई यो आवाज परिचित–परिचित लाग्यो । उसको अस्तित्वमा यो गर्जन गुञ्जन थाल्यो । तथापि सबै भेडाहरू भागिसकेकाले ऊ पनि उनीहरूसँगै दौडियो ।
राजा सिंहलाई यो सह्य भएन । उसले दौडेर गएर कायर सिंहलाई समायो । कायर सिंह रुन थाल्यो । ‘मलाई छोड्दे’ भन्दै बिन्तीभाउ गर्‍यो । ‘तँ मजस्तै सिंह होस् । मेरो छोरो होस् तँ । सानोमा हराएको थिइस् । यस जंगलको राजा होस् तँ ।’ राजा सिंहले सम्झायो । तर, कायर सिंहले पत्याएन ।
‘मलाई विश्वास छैन ‘म राजा हुँ’ भन्नेमा । मलाई विश्वास छैन म तपाईं जस्तै बहादुर सिंह हुँ भन्नेमा । म भेडो हुँ । जब मेरा आँखा खुले, जब म बुझ्ने भएँ तबदेखि म भेडाहरूसँगै छु । म यी भेडाहरूसँगै खुसी छु, मलाई छोडिदिनुस् । म भेडो हुँ, भेडो,’ कायर सिंह बेस्मारी रुन थाल्यो ।
‘भेडासँगको साथसंगतले यसको सोच भेडाको जस्तो भइसकेको रहेछ । यसको दिमागमा भेडाहरूको कायर विचारले जरो गाडेको छ । यसलाई सम्झाएर हुँदैन । यसलाई देखाउनुपर्छ । यसलाई प्रमाण देखाउनुपर्छ,’ सोच्यो राजा सिंहले । र, कायर सिंहलाई घिस्याएर नजिकैको तलाउतिर लिएर गयो ।
‘ल हेर् पानीमा । हेर् तँ के होस्,’ राजा सिंहले कायर सिंहलाई तलाउको डिलमा लगेर भन्यो । कायर सिंहले आफूलाई पानीमा हेर्‍यो । पहिला त उसलाई विश्वासै लागेन, पानीमा उसले जे देखिरहेको छ, त्यो साँचो हो भन्नेमा । उसले आफ्नो छाया फेरि हेर्‍यो । उसको आत्मामा केही बेर अघिको राजा सिंहको गर्जन गुन्जियो । अनि… अनि त्यही भयो जे हुनु थियो । कायर सिंह आकाशतिर टाउको उठाएर भयंकरसँग गर्जियो ।
उसले आफूलाई चिन्यो । र, चिन्यो आफ्नो शक्तिलाई । उसको गर्जनाले पूरा जंगल थर्कियो । परपर बसेर हेरिरहेका भेडाहरू चकित थिए, उसमा आएको यो परिवर्तन देखेर । कायर सिंह अब कायर रहेन । आफूलाई चिन्यो उसले, ऊ भेडा होइन, सिंह हो । जंगलको राजा हो ऊ ।
यो कथाबाट म यति नै भन्न चाहन्छु हरेक मानिसभित्र एउटा सुतेको सिंह छ । हरेक मानिसभित्र त्यो सिंहमा जस्तो असीमित शक्ति छ । शक्ति कतै बाहिरबाट ल्याउनु पर्दैन, त्यो हामीभित्रै छ । जसरी सिंहले शक्ति खोज्न कतै बाहिर जानु आवश्यक थिएन । शक्ति सिंहसँगै थियो, उसभित्रै । भेडाको संगत, कायरतापूर्ण विचार, हरुवा मनस्थितिले हामीले विश्वास गर्न सकिरहेका छैनौँ कि वास्तवमै हामीभित्र शक्ति छ । विश्वास गरौँ, वास्तवमै हामीभित्र शक्ति छ । हामी राज्य गर्नका लागि आएका हौँ । हरेक मानिस जादुगर हो र उसले चमत्कार गर्न सक्छ । यसका लागि केवल एउटा काम गर्नुपर्छ, विश्वास । ‘मभित्र असीमित शक्ति छ, म जे चाहन्छु त्यो गर्न समर्थ छु’ भन्ने कुरामा विश्वास । म सिंह हुँ भन्ने कुरामा विश्वास ।

प्रतिक्रिया