राप्रपा नेपालद्धारा राजधानीमा प्रदर्शन

rpp-nepalकाठमाडौं, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको निर्वाचन छिटो गर्नुपर्ने तथा हिन्दू राज्यको माग गरेर आज राजधानीमा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा राप्रपा नेपालका उल्लेख्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । प्रदर्शनकारीले निर्वाचनको मिति छिटो घोषणा गरेर निष्पक्ष निर्वाचन गराउन माग गरे ।
नारावाजीका क्रममा राप्रपा नेपालका कार्यकर्ताले प्रमुख चार राजनीतिक शक्तिको सिण्डिकेट खारेजीको माग पनि गरे । उनीहरुले मुलुकलाई चार शक्तिले अनिर्णयको बन्दी बनाएको आरोप लगाए ।
राप्रपा नेपालको प्रदर्शनका कारण राजधानीको यातायात व्यवस्था केही समय प्रभावित भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया