‘बाबुरामका गलत निर्णय सच्चाउनु पर्छ’

Madhav-Nepalधनकुटा, १६ चैत । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अन्तरिम मन्त्रिपरिषदले बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका अनुचित निर्णय तत्काल सच्याउन माग गरेका छन् ।
प्रेस चौतारीले आज धनकुटामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले भट्टराई सरकारले वैधानिक सीमाना मिचेर विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको दावी गरे । उनले भने, ‘खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकारले भट्टराई सरकारका गलत निर्णय बदर गर्नै पर्छ ।’
नेता नेपालले नेकपा–माओवादीलगायतका आन्दोलनरत दलका जायज मागलाई सम्बोधन गर्नु पर्ने बताए । ‘चुनावी प्रक्रियामा सहभागी हुने भए आन्दोलनरत दलका जायज माग सम्वोधन गर्नु पर्छ ।’
नेता नेपालले चुनाव पछि एमाले पहिलो पार्टी वन्ने दावी गरे । ‘एमाले अव पहिलो पार्टी बन्छ,’ उनले भने ।
निर्वाचनका लागि असार महिना उपयुक्त समय रहेको वताएका उनले निर्वाचनमा संविधान र संघीयताका लागि अन्तिम निर्वाचन हुने बताए ।

प्रतिक्रिया