गोली प्रहारबाट एक जना घाइते

रोल्पा, १५ चैत । रोल्पाको कुरेलीमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् ।
बुधबार राति करिब ११ बजे कुरेली–५ निवासी अशोक रोकामगरलाई घरमै गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट रोकाको हातमा गम्भीर चोट लागेको छ । घाइते रोकाको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ ।
रोकालाई किन र के उद्देश्यका लागि गोली प्रहार भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रुपेश खड्काले बताए ।
इलाका प्रहरी कार्यालय कुरेली र घर्तीगाउँबाट घटनास्थलमा प्रहरी पुगे पनि आक्रमणकारी फरार भइसकेका छन् ।

प्रतिक्रिया