भुल भएर के भो चर्चामा

bhulकाठमाडौं : गीतकार डिआरको आधुनिक गीतको एल्बम ‘भुल भएर के भो’ले स्रोताको मन जित्न सफल भएको छ । केही समय पहिले बजारमा आएको यस एल्बमको पालगै भन बोलको गीत श्रोताहरूमाझ लोकप्रिय भएको गीतकार डि आरले बताए ।
डि आर म्युजिकको प्रस्तुति रहेको यस एल्बममा सुरेश अधिकारी, वसन्त सापकोटा, महेश खड्का, आलोक श्री, रञ्जित गजमेर, शम्भुजित बाँस्कोटा, न्हु बज्राचार्यको संगीत छ भने अञ्जु पन्त, सत्यराज आचार्य, दीपक लिम्बू, शिव परियार, राजेशपायल राई, स्वरूपराज आचार्य, रामकृष्ण ढकाल र कुमार कान्छाको स्वर समेटिएको छ । एल्बममा पागलै भन, प्रियसीले, भुल भएर के भो, लुकिछिपी लाएको, डर लाग्थ्यो तिम्रो, तिम्रो मायामा, मेरो सामु उनी र मेरो देश मेरो’ बोलका गीतहरू समावेश छन् । (सौस)

प्रतिक्रिया