रक्तचन्दन बरामद

विराटनगर : नेपाल भारत सीमामा पर्ने मोरङको गोविन्दपुरबाट तस्करी गरिरहेको अवस्थामा ठूलो मात्रामा रक्तचन्दन बरामद गरिएको छ ।
सशस्त्र प्रहरीको गस्ती टोलीले शनिबार राति गोविन्दपुरबाट रक्तचन्दन बरामद गरेको हो । सुरक्षा बेस क्याम्प रंगेलीका इन्स्पेक्टर रामप्रसाद बस्नेतका अनुसार भारतबाट तस्करी गरेर ल्याएको एक क्विन्टल रक्तचन्दन बरामद भएको हो । बरामद रक्तचन्दनको बजार मूल्य करिब १० लाख रुपियाँ बराबर रहेको छ ।
भारतबाट मोटरसाइलमा ल्याइँदै गरेको रक्तचन्दन प्रहरीले नियन्त्रणमा लिए पनि तस्करीमा संलग्न व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । उनी प्रहरीको टोलीलाई देख्नेबित्तिकै रक्तचन्दन र मोटरसाइकल छाडेर फरार भएको इन्स्पेक्टर बस्नेतले जानकारी दिए । भारतको उत्तराखण्डमा पाइने रक्तचन्दन भारतीय सीमावर्ती नाका हुँदै तस्करी गर्ने सुराकीका आधारमा प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ । (सौस)

प्रतिक्रिया