काठमाडौ : अल्पसंख्यक एवं अति पिछडिएका वर्गमा पर्ने चेपाङ जातिलाई समेटेर वृतचित्रमा पोङ निर्माण भएको छ । प्रविणा श्रेष्ठले यसलाई निर्माण गरेकी हुन् । वृत्तचित्रमा चेपाङ समुदायको पहिचान र संस्कारगत पक्षका साथै उनीहरूको दु:ख तथा दर्दलाई चित्रण गरिएको छ ।
वृत्तचित्र प्रदर्शन तथा प्रवद्र्धनका लागि अमेरिकाबाट समेत आमन्त्रण आइरहेकाले चाँडै अमेरिकाको न्युयोर्कलगायतका प्रमुख सहरमा प्रदर्शन गर्ने तयारीमा आफू रहेको निर्मात्री प्रविणाले बताइन् । पोङहरू किन जंगल जान बाध्य भए ? यसका कारणको खोजी गर्दै चेपाङ जातिको पृष्ठभूमिमा पनि वृत्तचित्रमा समेटिएका छन् । वृत्तचित्रका निर्देशक पुष्कर लामा रहेका छन् ।
पेसाले शिक्षिका भए पनि यसक्षेत्रलाई एउटा नौलो एवं विशिष्ट प्रयोगका रूपमा लिँदै आएकी उनी भन्छिन्, ‘फिल्म एउटा यस्तो माध्यम हो, जसले समाजमा रहेका व्यक्तिहरूलाई स्पष्ट रूपमा एउटा विषयवस्तु पस्केर बृहत् सामाजिक चेतनाको सिर्जना गर्छ ।’ फिल्मले सामाजिक कार्यहरूमा पनि सहयोग पुर्याउँछ भन्ने उनको धारणा छ । (सौस)
प्रतिक्रिया