‘टर्कीसँग सम्बन्ध सामान्य हुनुपर्छ’

जेरुसेलम : सिरियामा द्वन्द्व चलिरहेकाले टर्कीसँगको इजरायलको सम्बन्ध सामान्य हुनुपर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । शनिबार आफ्नो फेसबुक पेजमा उनले यस्तो बताएका हुन् ।
टर्की र इजरायल दुबैको सीमाक्षेत्रमा सिरिया पर्ने हुनाले दुई देशबीच छलफल र वार्ता भइरहनु पर्नेे नेतान्याहुले जनाएका छन् । इजरायली प्रधानमन्त्री नेतान्याहुले टर्कीका प्रधानमन्त्री रेसेप तायिप इर्डोगानलाई टेलिफोन गरी दुई देशबीच द्वीपक्षीय वार्ता सामान्य बनाउनु आवपश्यक भएको बताइएको छ ।
तीनवर्ष अघि इजरायलले गरेको आक्रमणमा परी टर्कीका नौ नागरिकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो । सन् २००९ मा इर्डोगान दोस्रो पटक टर्कीका प्रधानमन्त्री बनेपछि दुई मुलुकका प्रधानमन्त्रीबीच भएको यो पहिलो वार्ता हो ।
गत साता अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायल भ्रमण गरी इजरायल र टर्कीबीचको सम्बन्ध सुधार्न पहल गरेका थिए । भ्रमणका क्रममा ओबामाले इजरायलसँगको अमेरिकी सम्बन्ध दिगो भएको र आफूले इजरायल आफ्ना छिमेकीसँग शान्तिपूर्ण तरिकाले बसेको देख्न चाहेको बताएका थिए । (एएफपी)

प्रतिक्रिया