सप्तरी जिल्लामा २७ घर जलेर नष्ट

aago 1राजविराज, ११ चैत । सप्तरीको टिकुलिया–९ स्थित मुसलमान वस्तीमा आज आगलागी हुँदा २७ घर जलेका छन् ।
आगलागीका कारण वस्तीमा रहेका २७ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिव ५० लाख बराबरको क्षती भएको प्रारम्भीक अनुमान छ ।
स्थानीय गुलेश्वर यादवको घरमा खाना पकाउन बालिएको आगो मध्यान्ह १२ वजे अचानक घरमा सल्किए पछि गाउँमा फैलिएको हो ।
दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका निरीक्षक कुशवहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया