उपकुलपतिको कार्यालयमा नेविसंघको अनशन

nepal student uniyanकाठमाडौं, ११ चैत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गरेर नेपाल विद्यार्थी संघ उपकुलपतिको कार्यालय अगाडि अनशन सुरु गरेको छ ।
कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा आज देखि रिले अनशन सुरु गरिएको नेविसंघका प्रवक्त युपी लामिछानेले जानकारी दिए । स्ववियु निर्वाचनको मिति घोषणा गर्न त्रिविका उपकुलपतिले आनाकानी गरे पछि दवाव दिन अनशन सुरु गरिएको लामिछानेले बताए ।
स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गरेर यस अघि नेविसंघसहित आन्दोलनरत विद्यार्थी संगठनहरुले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र समेत बुझाई सकेका छन् ।
अध्यक्ष रेग्मीले सकारात्मक आश्वासन दिए पनि निर्णय कार्यान्वयनमा नगए पछि बाध्य भएर रिले अनशन सुरु गर्नुपरेको प्रवक्ता लामिछानेको भनाई छ ।

प्रतिक्रिया