‘मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ’

Shankar Pokarelकाठमाडौं, १० चैत । एमालेका सचिव शंकर पोखरेलले प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन गरेर निर्वाचन गर्ने प्रक्रियामा मुलुक प्रवेश गरिसकेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा पोखरेलले निर्वाचनलाई निष्पक्ष बनाउन अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति र ठूला निर्णय उल्टाउनु पर्ने बताए । उनले भने, ‘एउटा प्रक्रियामा मुलुक प्रवेश गरिसकेकाले अब निकास निर्वाचन मात्रै हो ।’
उनले सडकमा रहेका दलहरुलाई समेत विश्वासमा लिएर निर्वाचनको वातावरण निर्माण गर्नु पर्ने उल्लेख गरे ।
उनले नेकपा–माओवादीलाई निर्वाचन प्रक्रियामा सहभागी हुन सुझाव दिए ।

प्रतिक्रिया