चैत–१ गते राजनीतिक ‘कु’ : सचिव गुरुङ

Dev Gurung !काठमाडौं, १० चैत । नेकपा–माओवादीका सचिव देबप्रसाद गुरुङगले २५ बुँदे बाँधा अडकाउ फुकाउको नाममा चैत–१ गते मुलुकमा चार राजनीतिक शक्तिले ‘कु’ गरेको आरोप लगाएका छन् ।
उनले सो निर्णय नसच्याएरसम्म आफूहरुले निर्वाचनमा भाग नलिने बताए । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, ‘२५ बुँदे बाँधा अडकाउ फुकाउ खारेज नगरेसम्म निकासको संबैधानिका बाटो खुल्दैन ।’
चार राजनीतिक शक्तिले जवरजस्ती निर्वाचन गर्न खोजे तत्कालीन राजा ज्ञानेन्द्र शाहले गराएको निर्वाचन जस्तै हुने उनले बताए ।
विगतमा संसद पनि बाँकी नराखेर संविधानसभा विघठन गर्नुले नै निर्वाचन गर्ने नियत नभएको बताएका गुरुङले चैत–१ गते मुलुकमा प्रतिगमनको ढंगले सहमति भएको टिप्पणी गरे ।

प्रतिक्रिया