डा.कोइरालाको राजीनामा अस्वीकृत

Bhagwan-Koiralaकाठमाडौं, ९ चैत । शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा.भगवान कोइरालाको राजीनामा अस्वीकृत भएको छ ।
डा. कोइरालाको राजीनामा त्रिभुवन विश्वविद्यालयले अस्वीकृत गरेको स्रोतले जनाएको छ । मंसिरमा डा.कोइराला शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । आन्तरिक रुपमै काम गर्न असहयोग भए पछि उनले फागुन–२४ गते पदबाट राजीनामा दिएका थिए ।
डा.कोइरालालाई काम गर्ने वातावरण र राजीनामा अस्वीकृत गर्न चिकित्सक, विद्यार्थी तथा स्थानीयले सम्बन्धित निकायलाई दवाव समेत दिएका थिए ।
राजीनामा अस्वीकृत भए पछि कार्यकारी निर्देशकै रुपमा डा.कोइरालाले काम गर्ने स्रोतको भनाई छ ।

प्रतिक्रिया