भाडा फिर्ताको मागसहित ज्ञापन पत्र

Khilraj Regmi Cjकाठमाडौं, ९ चैत । सार्वजनिक सवारी साधनमा बृद्धि भएको भाडा फिर्ताको माग राखेर आन्दोलनरत विद्यार्थी संगठनले आज सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई एघार बुँदे ज्ञापन पत्र बुझाएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । उनले माग पुरा नभए थप आन्दोलन गर्ने चतावनी पनि दिए ।
ज्ञापन पत्र बुझे पछि अध्यक्ष रेग्मीले सम्बन्धित मन्त्रालय र निकायसँग परामर्श गरेर भाडाका बारेमा सम्बोधन गरिने आश्वासन दिएका छन् ।
सार्वजनिक यातायातमा भाडा बृद्धि भए पछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया