हरिवंशले लेखे आत्मकथा

काठमाडौं : चर्चित हास्यकलाकार हरिवंश आचार्यले आत्मकथा लेखका छन् । उनका सो पुस्तक यही महिनाभित्रै बजारमा आउने भएको छ । बिहीबार आयोजित कार्यक्रममा लेखक आचार्यले पत्नीवियोगको छटपटाहटलाई कम गर्न आफूले पुस्तक लेखेको जानकारी गराए । उनकी पत्नी मीराको ०६८ साल वैशाख ७ गते निधन भएको थियो । मीराको निधन भएको एक वर्ष नपुग्दै आचार्यले एकल महिलासँग विवाह गरेका थिए ।
पुस्तकमा आचार्यले बाल्यकालमा गरेका उट्पट्याङ, उनको जीवन संघर्ष, कला क्षेत्रमा आउँदा भोगेका उतार–चढावलगायत विषय समेटिएका छन् । पुस्तक फाइन प्रिन्ट प्रकाशनले बजारमा ल्याउँदै छ । कार्यक्रममा फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले आचार्यजस्तो प्रतिष्ठित व्यक्तिका पुस्तक छाप्न पाउनु आºनो प्रकाशनका लागि गर्वको विषय भएको बताए । (सौस)

प्रतिक्रिया