निर्वाचन सिक्किमीकरणको प्रक्रिया हो : नेकपा माओवादी

mohan baidhya ji 1काठमाडौं, ८ चैत । नेकपा माओवादीले संविधान सभाको निर्वाचन गराउने नाममा देशलाई प्रतिगमन, फासिबाद र विस्तारै सिक्किमीकरण तर्फ लैजाने प्रक्रिया भएको आरोप लगाएको छ ।
पार्टीका तर्फबाट अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले संयुक्त विज्ञप्ती जारी गर्दै यथास्थितिमा निर्वाचनको कुनै अर्थ नरहेको भन्दै संविधान सभाको निर्वाचन देशलाई सिक्किमीकरण गर्ने कडीमात्र भएको आरोप लगाएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनको प्रक्रियामा प्रतिक्रिया, साम्राज्यवादी र विस्तारवादीसंग आत्मसपर्मण गरि देश, जनता र क्रान्तिप्रति विश्वासघात गरिसकेका दक्षिणपन्थीहरुलाई साथमा लिएर माओवादी आन्दोलनलाई अबज्ञा गरि आम जनताको अधिकारलाई निर्ममताका साथ कुल्चेर गरिने संविधान सभाको निर्वाचनको कुनै औचित्य छैन ।’
माओवादीले खिलराज रेग्मी नेतृत्वको सरकारलाई ईतिहासकै राष्ट्रघाति र जनघाती भन्दै सरकार गठनप्रति कडा आपत्ती जनाएको छ । सर्वपक्षीय गोलमेच सम्मेलनबाट राष्ट्रिय सहमतीय सरकार निर्माण गर्न माओवादीले माग गरेको छ ।

प्रतिक्रिया