चुनावमा सेना परिचालन : पौडेल

Ramchandra Poudelहेटौंडा, ७ चैत । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी संविधानसभालाई निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन नेपाल सेना परिचालन गरिने बताएका छन् ।
हेटौंडामा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपसभापति पौडेलले आमजनतालाई निर्धक्क भएर चुनावमा  सहभागी गराउन सेना परिचालन गरिने बताए ।  सेना परिचालन भए कसैले धम्क्याउने, तर्साउने र चुनाव बिथोल्ने कार्य गर्न नसक्ने दावी गर्दै पौडेले भने, ‘अबको चुनावमा सेना ब्यारेकभित्र बस्दैन, चुनावी वातावरण बनाउन गाउँगाउँमा पुग्छ ।’
प्रधानन्यायाधीश नेतृत्वमा सरकार बनाउन एमाओवादीले पासो फालेको टिप्पणी गर्दै पौडेलले आफूहरुले नै एमाओवादीको घँटीमा पासो फाल्न सफल भएको बताए ।
असारको पहिलो हप्ता निर्वाचन गराउने तयारी भइरहेकाले चुनावी अभियानमा जुट्न पौडेलले कार्यकर्तालाई आग्रह गरे  ।

प्रतिक्रिया