सलवलाउन थाले राजदूत जयन्त प्रसाद

jayant pd.काठमाडौं, ७ चैत । नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले कांग्रेस सभापति सुशील कोइरालासँग भेटबार्ता गरेका छन् ।
सभापति कोइरालाको निवास महाराजगञ्जमा आज भएको भेटबार्तामा साउन पहिलो साता हुन लागेको संविधानसभाको दोस्रो निर्वाचनका बारेमा कुराकानी भएको हो । राजदूत जयन्तले निर्वाचनमा भारतको सहयोग रहने आश्वासन समेत दिएका थिए ।
राजदूत जयन्तले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत चासो राखेका थिए । सभापति कोइरालाले आफूहरु निर्वाचनको तयारीमा लागेको भन्दै मुलुकले सहमतिमै निकास पाउने उल्लेख गरे ।
राजदूत जयन्तले तोकिएकै समयमा निर्वाचन गर्न सुझाव दिएको कोइरालाका सहयोगी लक्ष्मण ढकालले जानकारी दिए ।
प्रमुख चार राजनीतिक शक्तिको सहयोग र समर्थनमा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको मन्त्रिपरिषदले असार दोस्रो साता निर्वाचन गर्ने दाबी गर्दै आएको छ ।
सरकारले पूर्णता पाएको दोस्रो दिन राजदूत जयन्तले कांग्रेस सभपाति कोइरालासँग परामर्श गरेका हुन् ।

प्रतिक्रिया