सम्झना गिरिजाप्रसाद कोइरालाको

pm2-girijaकाठमाडौं, ७ चैत । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको आज तीन बर्ष पुरा भएको छ ।
नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत–७ गते अर्थात आजकै दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।

उता, कांग्रेसले तत्कालीन सभापति कोइरालाको सम्झनामा आज कुनै पनि औपचारिक कार्यक्रम राखेको छैन ।
नेपाली राजनीतिमा कोइरालाले सबैभन्दा बढि ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाउन सफल भएका थिए । उनी पटक–पटक गरेर धेरै समय प्रधानमन्त्री समेत बने ।
प्रमुख चार राजनीतिक शक्तिले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको नेतृत्व दिएर लोकतन्त्रका आधारभूत मान्यता, बहुदलीय पद्धती र शक्ति पृथकीकरण जस्ता प्रजातन्त्रका प्राणलाई नै निस्तेज पारेका बेला अहिले कोइरालाको अभाव खड्किएको कांग्रेस नेताहरुको भनाई छ । जीवनभर कोइरालाले प्रजातान्त्रिक मूल्य र मान्यतासँग सम्झौता गरेनन् ।
२०४६ पछिको राजनीति आफ्नै वरिपरी घुमाउन सफल सभापति कोइराला सुरुमा कम्युनिष्टप्रति असंहिष्णु देखिएपनि जीवनको उत्तरार्धमा भने कम्युनिष्टहरुसँग सहकार्य गर्न पुगेका थिए ।
कांग्रेस अल्पमतमा पर्ने जान्दाजान्दै पनि संविधानसभाको सफल निर्वाचन गरेका कोइरालाले राष्ट्रपति बन्ने इच्छा राखेकै कारण मुलुकले केही असहजता अपनाउनु परेको सहयोगीहरुको आरोप छ ।

प्रतिक्रिया