गुणराज र जेसिटी विजयी

काठमाडौं : गुणराज र जेसिटीले सदाबहार खुल्ला टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् । धापासीस्थित सदाबहार युथ क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा टस जितेर पहिलो ब्याटिङ रोजेको गुणराज युथ क्लबले धापासीको गार्निस क्लबलाई ५ रनले पराजित गर्‍यो ।

गुणराजले दिएको ११९ रनको लक्ष्य पछ्याउने क्रममा गर्निस कलेज १९.३ ओभरमा ११४ रनमा सीमित भयो । म्यान अफ द म्याच चुनिएका विज्ञान पाण्डेले बलिङतर्फ ३ विकेट लिए भने ब्याटिङतर्फ १८ रनको योगदान दिएका थिए ।
टुँडिखेलमा भएको अर्को खेलमा जुनियर क्रिकेट टिम
(जेटिसी)ले १४ ओभरमा दिएको ९० रनको लक्ष्य पछयाउने क्रममा ८४ रनमा अलआउट भएको साउथ वेस्ट क्रिकेट क्लबले ६ रनको पराजय बेहोर्नु पर्‍यो । (सौस)

प्रतिक्रिया