परीक्षा केन्द्रमै दुई छात्राले बच्चा जन्माए

चैत्र ६, रोल्पा । रोल्पाका दुई छुट्टाछुट्टै परीक्षाकेन्द्रमा दुई जना छात्राले आज बच्चा जन्माएका छन् । सामाजिक विषयको परीक्षा दिँदै गर्दा परीक्षा हलमै दुई छात्राले बच्चा जन्माएका हुन् ।
सदरमुकाम लिवाङदेखि २६ कोष दक्षिण पश्चिमी भेगमा रहेको भीमसेन माध्यमिक विद्यालय सैवाङ परीक्षाकेन्द्रमा महेन्द्र उच्च माध्यमिक बिद्यालय होलेरीकी छात्रा अम्मु रोका र सुलिचौर परीक्षाकेन्द्रमा बडाचौर माध्यमिक विद्यालयकी छात्रा जुनु बिष्टले बच्चा जन्माएका हुन् ।
परीक्षा शुरु हुनेबित्तिकै प्रशव पीडाका कारण अम्मु रोकाले परीक्षा दिन सकिनन् भने जुनु बिष्टले भने केही समय आराम गरेपछि परीक्षा दिएको सुलिचौर परीक्षा केन्द्रका केन्द्राध्यक्ष डी.बी. घर्तीले जानकारी दिए । सुत्केरी भएका रोकाले छोरी र बिष्टले छोराको जन्म दिएका छन् ।

प्रतिक्रिया