व्यूटी पार्लर सञ्चालिका बलात्कृत

Balatkar 4कञ्चनपुर, ६ चैत । कञ्चनपुर जिल्लामा व्यूटी पार्लर सञ्चालन गरेर बस्दै आएकी सविना अधिकारी (नाम परिवर्तन)लाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
२५ बर्षीया सविनालाई उनकै कोठामा होटेलमा काम गर्ने एक युवकले सोमबार राति साढे एघार बजे बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्क्राउ पर्नेमा बैतडी जिल्ला मठैराज–२ घर भएका २१ बर्षीय मीनबहादुर विष्ट रहेका छन् ।
सविनाले बाणीबजारमा व्युटीपार्लर संचालन गर्दै आएकी छन् ।
घरको छतबाट चढेर ढोका खोल्न लगाई विष्टले सविनाको बलात्कार गरेका थिए ।

प्रतिक्रिया