योग लिएर आए सुमेर

sumer-gyawaleeकाठमाडौं : गायक सुमेर ज्ञवाली देश छोडेर परदेश गए पनि आफ्नो जन्मभूमिप्रति सधैँ सम्मान गर्ने आफ्नो कला संस्कृतिमा सधैँ रमाउने गायक हुन् । लामो समय प्रदेशमा रहेर पनि संगीतमा क्रियाशील रहँदै आएका सुमेरले हालै योग नाम एल्बम बजारमा ल्याएका छन् ।
रत्नराज्यलक्ष्मी क्याम्पसबाट औपचारिक संगीत विषय अध्ययन गरेका सुमेरको सांगीतिक यात्रा त्यतिबेला रोकियो जब उनी उच्च शिक्षा हासिल गर्न बेलायत गए । विदेशमा रहँदा पनि निरन्तर सांगीतिक रियाज जारी राखेका उनी त्यही रियाजले अहिले एल्बम ल्याउन सफल भए ।
गायक एवं संगीतकार नरेन्द्र प्यासीले उनको एल्बममा संगीत भरेका छन् भने गीतकार पुरन थापा तथा सुरेशजंग शाहले शब्दहरू कोरेका छन् । एउटा गीतमा विगत लामो समयदेखि युकेमा बसोबास गर्दै आएकी गायिका शमिर्ला बर्देवाले पनि उनलाई साथ दिएकी छन् । एल्बममा ‘घुम्दै आउँछ तिम्रो रूप, चोखो माया लाउँछु भन्थ्यौ, सजाउँछु भन्थेँ, आँसु बहिरह्यो आज, अलि वर सर न, फूलै तिमीलाई बिझाउँछ, राम्री छौ र नजर पर्‍यो, हाम्रो माया पिरती झुट्टा थिएन’ बोलका आठवटा गीत समावेश गरिएका छन् । (सौस)

प्रतिक्रिया