रेग्मीद्वारा पशुपतिमा पूजापाठ

काठमाडौं : अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अब संविधानसभा चुनावमा ध्यान केन्द्रित गर्नुपर्ने भन्दै सबै राजनीतिक दललाई सहयोगका लागि आग्रह गरेका छन् ।
चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि सोमबार बिहान पशुपतिनाथको दर्शनका लागि पाशुपत क्षेत्र पुगेका रेग्मीले चुनावका लागि सबैले सहयोग गर्नुपर्ने बताएका हुन् । चुनावले नै समस्या समाधान गर्ने स्पष्ट पार्दै उनले सरकारको पूर्णतापछि सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्ने बताए । ४५ मिनेट पूजाअर्चनाका क्रममा रेग्मीले पशुपतिनाथको विधिअनुसार नै दर्शन गरी मूलभट्ट महावलेश्वर भट्टबाट पूजासमेत गर्न लगाएका थिए । (सौस)

प्रतिक्रिया