पोस्टर हेर्दै रातभर घुमे

Gagit-Bistaकाठमाडौं : कलाकारितामा सानै देखिको सोख थियो । कलाक्षेत्रमा कसरी र कुन माध्यमले छिर्न पाइन्छ मेरो ध्यान सधैँ यसैमा रहन्थ्यो । ०६२ तिर होला, कलाकारिताकै लागि मैतिदेवीमा डान्स फिगर नामक कल्चर सेन्टर खोलेँ । यसका माध्यमबाट कलाक्षेत्रका व्यक्तिसँग चिनजान भयो । कल्चरकै माध्यमबाट कार्यक्रम गर्दै म स्वदेशका धेरै जिल्लालगायत विदेशसम्मको यात्रा गर्न सफल भएँ । कतार, बरायनलगायत केही मुलुक त यो क्रममा दोहोरिए पनि ।
दिन बित्दैजाँदा म पनि कल्चर कार्यक्रममा व्यस्त हँुदै गएँ । यतिकैमा एकदिन निर्देशक विजय थापासँग मेरो भेट भयो । भेटमा उहाँले मलाई आफ्नो चाहना ‘मन’मा वकिलको भूमिका दिनुभयो । मैले सो भूमिकामा अभिनय गरेँ, भूमिका लामो नभए पनि आकर्षक थियो । यसले मलाई थप चर्चा दिलायो ।
सिरियल र कल्चर कार्यक्रमले गर्दा मलाई धेरैले चिन्न थालेका थिए । यतिकैमा फाट्टफुट्ट म्युजिक भिडियोका अफर पनि मलाई आउन थाले । त्यो पनि कोरियोग्राफीका लागि । इतोस ब्यान्डको सुस्तरी सुस्तरी बोलको गीतबाट कोरियो ग्राफी थालेँ । यो मेरो पहिलो भिडियो भए पनि मिडियामा राम्रो स्थान पायो । यसपछि दर्जन हाराहारीका भिडियोमा कोरियोग्राफी गरेँ होला ।
म्युजिक भिडियोमा कोरियोग्राफी गर्दागर्दै केही छोटा चलचित्र पाएँ । तर, यी कामले मेरो मन बहलाउन सकेन । किनभने मेरो लक्ष्य चलचित्र अभिनय गर्ने थियो । समय बित्दै थिए । सायद ०६४ तिर होला । अभिनयका लागि प्रतिभा खोजिगर्ने भन्दै रियालिटी सो सुपरएक्टिङ कम्पिडिसन सुरु भयो । मैले सहभागी जनाएँ । विभिन्न चरणका छनोटमा छानिँदै टपटेनभित्र पर्न सफल भएँ । दुर्भाग्य भनौँ वा के भनौँ प्रतिस्प्रर्धा यहीँ बन्द भयो ।
प्रतियोगिता बन्द भए पनि टपटेन भित्र पर्न सफल भएकोले आपँैmलाई कलाकार बन्न सक्छु भन्ने लाग्यो । कलाकार बन्न तत्कालै जिम्न्यास्टिक, उसुलगायतका गेम खेल्न थालँे । प्रशिक्षणकै क्रममा कतिले मेरो एक्टिङ कम्पिटिसन हेरेर र कतिले गेम गर्दै छ भनेर चलचित्र अभिनयका लागि मलाई बोलाउथे, टेस्ट लिन्थे, टेस्टमा पास भए पछि बोलाउँछु भनेर पठाउँथे । तर, छायांकन सुरुहुँदा पनि मलाई बोलाउँदैनथे । बुझ्दा मेरो ठाउँमा अर्काेले अभिनय गर्न थालिसकेको हुन्थ्यो । लगभग दर्जनका हाराहारी चलचित्रमा यस्तै भए होला ।
दिन बित्दै थियो । म पनि म्याचुअर हँुदै थिए । ०६७ तिर होला । नेपाल टेलिभिजनमा खोजी प्रतिभाको रियालिटी सो सुरु भयो । अभिनय विधाअन्तर्गत म पनि सहभागी भएँ । एक हजार ६ सयभन्दा धेरैले यसमा भाग लिएका थिए । ती सहभागीका बिचबाट म टप टेन हँुदै फाइनल राउन्डमा फस्टरनर अप घोषित भएँ । यो कार्यक्रमका सञ्चालक तथा निर्देशक दिनेश डिसी दाजुले गर्नुभएको थियो । कार्यक्रमकै क्रममा म उहाँसँग नजिकिने मौका पाएँ । उहाँ ‘मायाजबार’ चलचित्रको तयारीमै हुनुहँुदो रहेछ । भेटमा उहाँले हिरोको अफर गर्नुभयो । मैले ओके भनँे ।
चलचित्र अभिनयका लागि त छानिएँ । अगाडी धेरै चलचित्रमा छानिएर पनि अभिनय गर्न नपाएकोले विश्वासै भएन । छायांकन सुरु हुन दुई दिन मात्र बाँकी थियो । यी दिन मैले केही गर्न सकिनँ । कतैकोही दुर्घटना परेर चलचित्र रोकिने हो की वा मेरो सट्टा चलचित्रमा अरू नै राखिने हो की आदी, इत्यादि कुरा मनमा खेलि नै रहे । मनमा कुरा खेलेकाले होला सायद दुई दिन बिताउन पनि मलाई वर्षौं बितेभैँm भयो ।
मेरो पहिलो दिनको सुटिङ गोदावरीको एउटा घरमा थियो । यसअगाडी कहिलै चलचित्रमा अभिनय नगरेकोले मनमा अनेक कुरा खेल्ने नै भयो । बिहान चार बजेदेखि आज मेरो सुटिङ छ भनेर निदाउन नसकेको म, ७ बजे सुटिङको भ्यान चढेर घरबाट निस्किएँ भने आठ बजे स्पट पुगे । सुरुमै मेरो मेकअप भयो । मेकअप गरे पनि मनमा अनेक कुरा खेलिरहेकै थियो । पहिलो टेक नायिका निशा अधिकारीसँग भएकोले केही संकोच मनमा थियो । तैपनि, अभिनय बिग्रेला भन्ने डर भएन । किनभने निर्देशक डिसीसँग फ्यामिलियर रिलेसन बनाइसको थिएँ भने निशासँग केही दिनको दोस्ती पनि थियो । मनमा अनेक कुरा खेल्दाखेल्दै म अभिनयका लागि तयार भएँ । त्यो दिनको अभिनय पारिवारिक घटनाक्रम थियो । निर्धक्क भएर टेक दिए । एक, दुई गर्दै चार टेकमा सट ओके भयो । चलचित्रको ६७ दिन छायांकन भयो होला ती पूरै दिन म स्पटमै रहे । चलचित्रको छायांकन पनि सकियो । चलचित्र अभिनय गरेको कुरा साथीभाइ, इष्टमित्र, छरछिमेक सबैका माझ पिँmजाएँ ।
पहिलो चलचित्र भए पनि मैले ड्ेरसमा निकै ध्यान दिएको थिएँ । ड्ेरसका लागि चलचित्र युनिटले दिएको सीमित रकममा आपैँmले थपेर ड्ेरस छानेँ । किनभने आफूलाई सबैको नजरमा कसरी पर्न सकिन्छ मलाई राम्रोसँग थाहा थियो । पहिलो दिनको सुटिङमा पहिरनका रूपमा जारको कालो टिसर्ट र जर्मनी ट्राउजर लगाएको थिए ।
चलचित्रको एडिटिङ, डबिङलगायत सबैखाले प्राविधिक कार्यमा म छुटिनँ । रिलिजको एकदिन ल्याबमा युनिटका केही साथीसँगै थिएँ । द्वन्द्वनिर्देशक एनबी महर्जन गुरुले मलाई सहरभरी पोस्टर टाँसिएर होला भुइँमा खुट्टै छैन भनेर ब्यंग्य गर्नुभयो । त्यो ब्यंग्यले मैले सहरका भित्तामा आफ्नो पोस्टर टाँसिएका रहेछन् भन्ने थाहा पाएँ । तत्कालै सँगैका सबैलाई सन्चो नभएको बहाना बनाउँदै त्यहाँबाट बाहिरिएँ । आफ्नै तस्बिर भएका पोस्टर अवलोकन गर्ने उद्देश्य थियो । साँझ नपर्दै घुम्न थालेको म राति दुई बजेसम्म घुमँे । सहरका धेरै ठाउँ जहाँ मेरो पोस्टर टाँसिएका थिए ।
चलचित्र चल्ने अघिल्लो दिन त रातभरि निदाउन सकिनँ । बिहान नहँुदै फेरि पोस्टर हेर्दै सहरका सबै ठाउँ घुमेँ । चलचित्र लाग्ने समय हलमा पनि पुगेँ । दर्शकसँगै बसेर चलचित्र पनि हेरँे । दर्शकबाट जुन आश गरेको थिएँ त्योभन्दा र धेरै राम्रो प्रतिक्रिया पाएँ । आफ्नो अभिनय भएको पहिलो चलचित्र भएर होला सायद यो मैले पाँचपटक हेरँे । (सौस)

प्रतिक्रिया