तीतो सत्यले बाँड्यो खुसी

D-n-Dipaकाठमाडौं : टेलिशृंखला तीतो सत्यले पाँच सय भाग पूरा गरेको छ । सोही अवसरमा निर्माण पक्षले शनिबार त्रिभुवन आर्मीअफिसर्स क्लबमा एक कार्यक्रमको आयोजना गरेर सबै माझ खुसी साटासाट गरेको छ ।
शृंखला निर्माण संस्था मिडिया हबले आयोजना गरेको कार्यक्रममा टेलिशृंखलाका निर्देशक, कलाकार, विज्ञापन दातालगायत शृंखला प्रसारणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । हरेक बिहीबार नेपाल टेलिभिजनबाट प्रसारण हुने शृंखला तीतो सत्य टेलिभिजनको अहिले सम्मकै चर्चित तथा लोकप्रिय शृंखला भएको कार्यक्रममा जानकारी गराइयो ।
विभिन्न कलाकर्मीको सांस्कृतिक प्रस्तुतिका साथमा सम्पन्न कार्यक्रममा साना तथा ठूला पर्दाका चर्चित कलाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आमा सरस्वती मुभिजका ब्यानरका लागि दीपकराज गिरीको लेखन निर्देशनमा निर्माण हँुदै आएको शृंखलामा दीपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मालगायत कलाकारको नियमित अभिनय रहँदै आएको छ । (सौस)

प्रतिक्रिया