बलात्कारी बाबुविरुद्ध मुद्दा

उदयपुर, ४ चैत । दुई नाबालिका छोरीलाई करणी गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । मुना (नाम परिवर्तन) र राधा (नामपरिवर्तन) लाई करणी गरेको स्विकारेपछि जिल्ला अदालतबाट म्याद थपेर मुद्दा अगाडि बढाइएको उदयपुरका एसपी महेन्द्र पोखरेलले बताए ।

रौता–९ राजाबासका हीरामान परियारले दुई छोरीलाई करणी गरेको स्विकारेपछि मुद्दा दर्ता गरिएको हो । उनलाई जबर्जस्ती करणी ऐनअन्तर्गत कारबाही गर्न अनुसन्धान अगाडि बढाइएको एसपी पोखरेलले बताए । पत्नी वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि परियारले छोरीलाई लामो समयदेखि यौन शोषण गर्दै आएको भन्दै स्थानीय महिलाले प्रहरीमा उजुरी दिएका थिए ।
पक्राउपछि प्रारम्भिक अनुसन्धानमा १२ वर्षीया जेठी छोरीलाई दैनिक र सानी छोरीलाई बेलाबेलामा करणी गर्ने प्रयास गरेको परियारले स्वीकार गरेका थिए । बयानका क्रममा परियारले आफूले छोरीलाई यौन शोषण गर्ने गरेको बयान दिएको प्रहरीले जनाएको छ । ३० वर्षीय परियारले छोरीलाई दैनिक यौन शोषण गर्ने गरेको स्विकारेपछि उनलाई म्याथ थप गरेर मुद्दा दर्ता गरिएको हो । दुवै छोरीलाई जिल्ला स्वास्थ्य कार्यालय उदयपुरमा स्वास्थ्य परीक्षणपछि घर पठाइएको छ । परियार एक साताअघि घरबाटै पक्राउ परेका थिए ।

प्रतिक्रिया