उच्चस्तरीय राजनीतिक समिति गठन

4 dal ka ne ji haruकाठमाडौं, ३ चैत । अन्तरिम चुनावी मन्त्रिपरिषद् सञ्चालमा सहयोग गर्न प्रमुख चार दलका  शीर्ष नेताहरु सहभागि उच्चस्तरीय राजनीतक समिति गठन भएको छ ।
शनिबार साँझ बसेको प्रमुख चार दलको बैठकले चार दलकै शीर्ष नेताहरु र अन्य एक एक जना प्रतिनिधि रहेको राजनीतिक समिति  गठन गरेका हुन् । एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शिर्ष नेताहरु सहभागि समितिको नेतृत्व पालैपालो गर्ने भएका हुन् । आजै बसेको समितिको पहिलो बैठकले तोकिएको समयमै संविधान सभाको निर्वाचन सम्पन्न गर्न रिक्त रहेका संवैधानीक निकायमा पदपूर्ती गर्ने निर्णय गरेको छ । साथै बैठकले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरुसंग छलफल गर्ने निर्णय  पनि गरेको छ । प्रधानन्यायाधीश नेतृत्वको सरकार गठन गर्दा प्रमुख चार दलहरुबीच भएको ११ बुँदे सहमती अनुसार राजनीतिक समिति गठन गरिएको हो ।

प्रतिक्रिया