आगलागीबाट ६ घर जलेर नष्ट

AAglagi-(8)धनकुटा,३ चैत्र । धनकुटाको वेलहारा –९ मुलघाटमा गएराती आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।

आगलागीका कारण १ करोड ७५ लाख भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी विष्णुवहादुर कार्कीले वताए । आगलागीमा परि स्थानीय बल ब. श्रेष्ठ, रेखा पौडेल, यज्ञ वहादुर थापा, रामकुमार राई, खेम वहादुर थापा र तिलक खत्रिको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रातको ११ वजेवाट शुरु भएको आगलागी करिव ५ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणका लागि धरान र दमकवाट दमकल ल्याईएको ल्याइएको थियो । आगलागीबाट कुनै मानवीय क्षती नभए पनि लत्ताकपडा, गरगहना, अन्न पात, भाँडावर्तन सबै जलेर खरानी भएका छन् । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया