अध्यादेश सच्याउन मोर्चाको माग

काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले तीन दल र मधेसी मोर्चाबीचको सहमति तथा उक्त सहमतिका आधारमा भएको बाधा–अड्काउ फुकाउने अध्यादेश सच्याउन माग गरेको छ । जबर्जस्ती बाधा अड्काउ फुकाउने कार्य लोकतन्त्रको मर्म, अन्तरिम संविधान र विगतका आन्दोलनका उपलब्धिविरुद्ध भएको मोर्चाले जनाएको छ ।
सात राजनीतिक दल आबद्ध मोर्चाले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा एक घटक फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलको सहमतिमा संविधान संशोधन गर्नु आपत्तिजनक भएको बताए । ‘यी कार्य सच्याउन आग्रह गर्छौं अन्यथा त्यसका लागि शान्तिपूर्ण र सशक्त संघर्षमा जान्छौं,’ अध्यक्ष यादवले भने ।
संविधानसभामा समानुपातिकतर्फको स्थान घटाएर मधेसी, आदिवासी जनजाति, पिछडिएको वर्गलाई उपेक्षा गर्न खोजिएको उनको भनाइ थियो । निर्वाचन क्षेत्र पुन: निर्धारण नगरी गरिने चुनावले मधेसबाट हुने प्रतिनिधित्वलाई पनि न्यूनीकरण गर्ने उनले बताए ।

प्रतिक्रिया