एसएलसी परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन कस्तो तयारी गरिरहनु भएको छ ?

एसएलसी परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत, कार्यमूलक, आचरणगत र कार्यमूलक आदर्शलाई अंगिकार गरिएको छ । परीक्षामा सहभागीले चोर्नु हुँदैन, हो–हल्ला गर्नु हँदैन, अवाञ्छित कार्य गर्नु हँदैन भन्ने कुराप्रति सचेत हुनै पर्छ । त्यस्तै, परीक्षार्थीले यस्तो काम गर्दा यस्तो कारबाही र दण्ड सजायको भागिदार हुनुपर्छ भन्ने राखिएको छ । परीक्षाको मर्यादा विपरीत गई चोरी गर्ने, नक्कली परीक्षार्थी राख्ने, गोपनियता भंग गर्ने, उच्छृंखल व्यवहार प्रदर्शन गर्ने, हो–हल्ला तथा धम्कीपूर्ण कार्य गर्नेलाई विभिन्न कारबाही, दण्ड तथा सजायको व्यवस्था गरेका छौँ । त्यस्तै परीक्षा केन्द्र वरिपरी भिडभाड हुन नदिन र सुरक्षा व्यवस्था पनि कडा पारेका छाँै । कुनै जिल्लामा त निषेधित क्षेत्र नै घोषणा गरिएको छ । परीक्षा हलभित्र अनावश्यक सामग्री लैजान नदिन खानतलासी गरिनेछ भने अनुगमनको कार्यलाई पनि तीव्रता पारिएको छ । परीक्षालाई बिथोल्ने अमर्यादित र उच्र्छृंखल व्यवहार प्रदर्शन गर्ने जोकोहीलाई पनि प्रहरी प्रशासनको सहयोगमा कारबाही गरिनेछ । कसैले परीक्षाको मर्यादाविपरीत नक्कली परिक्षार्थी राख्न लगाउँछ भने उसलाई दुई वर्षसम्म परीक्षा दिनबाट वञ्चित गरिनेछ भने नक्कली परिक्षार्थीलाई ६ महिना जेल राख्न सकिने व्यवस्था गरिएको छ । यी यस्ता व्यवस्थाले परीक्षालाई अघिल्ला वर्षहरूभन्दा व्यवस्थित र मर्यादित बनाउन सघाउ पुर्‍याउनेछ ।

प्रतिक्रिया