लुटेराको आक्रमणबाट ४ जना घाइते


Rolpa Districtरोल्पा, ३० फागुन । अवैध हातहतियार संकलन अभियान चलिरहेकै बेला सशस्त्र समूहले रोल्पाको नुवागाउँका ६ घरबाट लुटपाट गरेको छ ।
लुटेराको आक्रमणबाट स्थानीय ४ जना गम्भीर घाइते भएका छन् । नुवागाउँ–१, धनडाँडामा मंगलवार राती करिव साढे १० बजेतिर हतियार सहित आएका १५–१६ जनाको संख्यामा आएका नकावधारी समूहले नगद तथा जिन्सी सामान लुटेर लगेका हुन् ।
उनीहरुले झण्डै २ लाख बराबरको धनमाल लुटेर लगेको प्रहरी चौकी नुवागाउँले जनाएको छ ।
लुटेराको आक्रमणबाट स्थानीय हरिप्रसाद कुँवर, गणेश बहादुर गिरी, पूर्णकली कँुवर र पूर्णबहादुर कँुवर गम्भीर घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाईते उनीहरुको होलेरीमा उपचार भइरहेको प्रहरी निरीक्षक किरण पोखरेलले जानकारी दिए । घाइतेहरुको टाउको र हातमा गम्भीर चोट लागेको छ ।
लुटेरा समूह प्रहरी पुग्नु भन्दा पहिलानै फरार भएको थियो । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया