भाडा फिर्ताको मागसहित सिठी जुलुस

studentकाठमाडौं, २९ फागुन । सार्वजनिक सवारी साधनमा बृद्धि भएको भाडा फिर्ताको माग गरेर विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनले आज राजधानीमा सिठी जुलुस प्रदर्शन गरेका छन् ।
विद्यार्थी संगठनहरुले पुतलीसडक, बागजारलगायतका क्षेत्रमा सिठी जुलुस प्रदर्शन गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । सरकारले सार्वाजनिक सवारी साधनमा झण्डै दश प्रतिस सम्म भाडा बृद्धि गरे पछि विद्यार्थी संगठन विरोधमा उत्रिएका हुन् ।
सिठी जुलुसका क्रममा विद्यार्थीले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार विरुद्ध चर्का नारावाजी समेत गरेका थिए । सिठी जुलुसका कारण केही समय राजधानीको यातायात व्यवस्था प्रभावित भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
उनीहरुले भाडा बृद्धिको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएका छन् । फाईल तस्विर

प्रतिक्रिया