सुनामीको दोस्रो वार्षिकी

टोकियो : जापानमा सन् २०११ को मार्च ११ मा गएको महाभूकम्प र सुनामीबाट भएको ठूलो जनधनको क्षतिको सोमबार दुई वर्ष पूरा भएको छ । सो अवसरमा जापानी नागरिकले उक्त दु:खद दिनको स्मरण गरी अब त्यस्तो नरसंहार कहिल्यै भोग्नु नपरोस् भन्ने कामना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुई वर्षअघि सोही दिन अपराह्न नौ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसलगत्तै आएको शक्तिशाली सुनामीले जापानी उत्तरपश्चिमी सामुद्रिक तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । सुनामीका कारण कम्तीमा १९ हजारको मृत्यु भएको थियो भने अन्य १९ हजार बेपत्ता भएका थिए ।
सो सुनामीको स्मरणमा जापान सरकारले सोमबार राजधानी टोकियोमा श्रद्धाञ्जली सभा गर्‍यो । सभामा जापानी नरेश अकिहितो पनि सहभागी भए । त्यसैगरी पश्चिमी जापानको ओकावा प्राथमिक विद्यालयमा पनि विशेष श्रद्धाञ्जली सभा आयोजना गरियो । विद्यालयमा अध्ययनरत कम्तीमा पनि ७० जना विद्यार्थीको सुनामीका कारण मृत्यु भएको थियो । (एजेन्सी)

प्रतिक्रिया