भाडा बृद्धि तत्काल फिर्ता हुँदैनः सरकार

sarkar logoकाठमाडौं, २८ फागुन । सरकारले सार्वजनिक यातायातमा बृद्धि गरेको भाडा तत्काल फिर्ता गर्न नसकिने जनाएको छ ।
काठमाडौंमा आज विपक्षी दलसम्बद्ध नौं विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्ने क्रममा भौतिक पूर्वाधार तथा निर्माण मन्त्री हृदयश त्रिपाठीले भाडा बृद्धिको माग तत्काल फिर्ता गन नसकिँने जनाएका हुन् । ‘सार्वजनिक सवारी साधनमा भएको मूल्य बृद्धि तत्काल फिर्ता हुँन सक्नदैन,’ मन्त्री त्रिपाठीले भने, ‘भाडा बृद्धिका सम्बन्धमा सम्बन्धित निकायमा छलफल गरेर उपयुक्त विकल्प निकाल्छौं ।’
सरकारले आइतबारदेखि लागू हुने गरेर नौं प्रतिसत भाडा बृद्धि गरेको थियो । सार्वजनिक यातायातमा भएको भाडा बृद्धिको विरोधमा नौं विद्यार्थी संगठनका साथै विभिन्न क्षेत्रबाट विरोध सुरु भएको छ ।
नेविसंघका प्रवक्त युपी लामिछानेले भौतिक पूर्वाधार तथा निर्माण मन्त्री त्रिपाठीले दिएको जवाफबाट विद्यार्थी संगठन सन्तुष्ट नभएको जानकारी दिए । ‘भाडा बृद्धि फिर्ता गराउन आन्दोलन गर्छौं,’ उनले भने, ‘गरिव जनतालाई ढाडसेक्ने गरेर भएको मूल्य बृद्धि मान्दैनौं ।’
यसैबीच, नौं विद्यार्थी संगठनले विभिन्न क्याम्पस अगाडि एक घण्टा चक्का जाम गरेका छन् । भाडा बृद्धि फिर्ता गर्न माग गरेर गरिएको चक्काजामका कारण राजधानीको यातायात व्यवस्था प्रभावित भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया