सुकी पुन: निर्वाचित

su-keeयंगोन : म्यानमारको प्रमुख विपक्षी पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को महाधिवेशनले म्यानमारको विपक्षी दलका नेतामा पार्टीका प्रमुख आङ सान सुकीलाई पुन: चयन गरेको छ । महाधिवेशनमा पार्टीका करिब नौ सय प्रतिनिधिले भाग लिएका थिए ।
मार्च ९ र १० गरी दुई दिनसम्म भएको महाधिवेशनमा भाग लिन मुलुकका दुई सय ५० भन्दा बढी सहरबाट पार्टीका सयौँ प्रतिनिधिहरू यंगोन सहरमा भेला भएका थिए । विपक्षी दल एनएलडीको सदस्य संख्या १३ लाखको हारहारीमा रहेको बताइन्छ । (सिन्ह्वा)

प्रतिक्रिया