कारमा ६ सय घोडाको शक्ति

Rolls-royce_wraithजेनेवा मोटर सोका दौरान रोल्स रोयस कम्पनीले आफ्ना कारमध्येको सबैभन्दा महँगो अनि सानदार मोडल प्रस्तुत गरेको छ ।
रोल्स रोयल रेस नाम दिइएको यो कारको इन्जिन नै ६ सय २४ वटा घोडाको शक्तिबराबर रहेको कम्पनीले दाबी गरेको छ । इन्जिन स्टार्ट हुन लाग्ने ४ दशमल ४ सेकेन्डको अन्तरमै यसले आफ्नो रफ्तार शून्यदेखि सय किलोमिटर प्रतिघन्टासम्म तन्काउन सक्छ । यो वर्षको अन्त्यसम्म बजारमा आउने अनुमान गरिएको कारको मूल्य तीन लाख डलर तोकिएको छ । रोल्स रोयसले यो कारलाई उपभोक्ताले अधिक रुचाउने आशा गरेका छन् । कम्पनीका मुख्य कार्यकारी अधिकृत टोर्सटन मुलर अटोवोसले भने, ‘मलाई विश्वास छ कि यो कारले हामीलाई नयाँ ग्राहकसँग पनि जोड्नेछ ।’
त्यसो त सोमा थुप्रैले यो कारमा बेन्टलेको कन्टिनेन्टल जिटी ग्रेन्ड कुपेको झल्को देखेको बताए । तर, मुलर आफूलाई चिन्ता नरहेको बताउँछन्, ‘कन्टिनेन्टल मलाई यसको प्रतिस्पर्धी कार लाग्दैन किनकि यसको त मूल्य नै तीन लाख डलरबाट सुरु हुन्छ, जुन चलिरहेको आममूल्यभन्दा बिल्कुल फरक छ ।’ बेन्टलेका मार्केटिङ विभाग प्रमुख पनि यी दुई कारबीच कुनै प्रतिस्पर्धा हुने देख्दैनन् । ‘किनकि बेन्टलेको सबैभन्दा बढी चलेको कार नै १ दशमलव ९ लाख डलर मूल्यबाट सुरु हुन्छ’, उनले भने । (एजेन्सी)

प्रतिक्रिया